साहित्य चौतारीले आफ्नो २३ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउदै


२७ असार २०७९, सोमबार १९:१३ मा प्रकाशित

 भरत प्रसाई । साहित्य चौतारी झापाले आफ्नो २३ औ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । चौतारीको यहि असार ३१ गते आयोजना गर्ने बार्षिकोत्सवमा साहित्य, संगित, कला, भाषा लगायतको संरक्षण र विकासमा योगदान पु¥याउने खालका कार्यक्रम गर्ने भएको हो ।

बार्षिकोत्सवका अवसरमा चौतारीले खेलाडी र संगितकारलाई सम्मान, बिभिन्न साहित्यकार र कलाकारहरुको प्रस्तुती लगायतका प्रतिभा प्रस्तुत गर्ने बिर्तामोडको होटल हिकोला हेरीटेजमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

नौमति बाजा सहित बिर्तामोड नगर परिक्रमा पछि सुरु हुने कार्यक्रममा अन्य बिभिन्न प्रस्तुति समेत राखिने चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

भानु जयन्तिका अवसरमा वि।सं। २०५६ सालमा स्थापना भएको यो संस्थाले बालबालिका तथा जेष्ठ नागरीक संगै सम्पुर्ण क्षेत्रका मानिसहरुलाई प्रोत्साहन गर्ने उदेश्य लिएको उहाँको भनाई थियो ।

चौतारीले नव प्रतिभाको प्रस्फुटन् र सम्बर्धन साथै स्थापित प्रतिभालाई सम्मान गर्दै आएको र मासिक रुपमा काव्यसभा, सांगितिक कार्यक्रम समेत गदै आएको चौतारीका कार्यसमिति उपाध्यक्ष कृष्ण सुबेदी निराकारले बताउनुभयो ।

साथै यसले रजत बर्षको पूर्व सन्ध्यामा आइरहँदा रजत महोत्सव गर्दै स्मारिका तेस्रो भाग प्रकाशन गर्ने समेत योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here