अर्थतन्त्रलाई सुधार गर्ने गरि आगामी आर्थिक बर्षको मौद्रिक निति ल्याउने तयारी


२७ असार २०७९, सोमबार १४:३७ मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरि आगामी आर्थिक बर्षको मौद्रिक निति ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा गर्भनर अधिकारीले यसअघि कोरोना महामारीका बेला बिभिन्न कार्यक्रम ल्याएपनि अहिले अवस्था सहज भइसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्ने गरि मौद्रिक निति ल्याउने तयारी भइरहको बताउनुभएको हो ।

गभर्नर अधिकारीले पछिल्लो समय बढेको उच्च मुद्रास्फितिले सर्वसाधारणमा ठूलो मर्का परेकाले बैंकको व्याजदर बढाएरै यसका समाधानको बाटो खोज्नुपर्ने पनि बताउनुभयो । उहाँले अहिले आयात उच्च हुँदा वैदेशिक मुद्रा संचितिमा दवाव परेको र शोधनान्तर घाटा पनि बढ्दै गएको जानकारी दिनुभयो ।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋण र रेमिट्यान्सको ठूलो हिस्सा आयातमै जानु गम्भीर बिषय भएको भन्दै यस बिषयमा केन्द्रीय बैंक गम्भीर रहेको बताउनुभयो । उहाँले रेमिट्यान्सलाई औपचारिक रुपमा भित्राउनु पनि चूनौति हुँदै गएको जिकिर गर्नुभयो । कर्जा प्रवाहमा ठूला घरनाले फाइदा लिदा रिक्स बढ्पनि यसलाई तत्कालै रोक्न नसकिने उहाँको भनाई छ ।

बैठकमा समितिका सभापति कृष्ण प्रसाद दाहालले सेयर धितो कर्जाको ४÷१२ सम्बन्धी व्यवस्था खारेज गर्नका लागि राष्ट्र बैंकले बिचार गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जाको मुल्यांकन गर्दै सिमित व्यक्ति तथा घरनाले उपयोग भए÷नभएको एकिन गर्न पनि सुझाव दिनभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here