एमालेद्धारा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध


२७ असार २०७९, सोमबार १३:५३ मा प्रकाशित

काठमाडौँ । प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवाले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताउनुभयो । उहाँले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाउनुभयो ।

हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उहाले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क गर्नुभयो ।

सरकारले ११ सय ५० थान सर्टगन, १ हजार थान पेस्तोल र २५ सय थान सेल लगायतका हतियार र सेलहरू खरिद गर्ने तयारी गरेपनि एमालेले बिरोध जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here