मृगौला पीडित सबिता उप्रेतीलाई मनकामना पुर्व बिद्यार्थी समाजद्वारा सहयोग


२७ असार २०७९, सोमबार १४:५१ मा प्रकाशित

  भरत प्रसाई । बिर्तामोड मनकामना पुर्व बिद्यार्थी समाजले मृगौला पीडित सबिता उप्रेतीलाई उपचार खर्चस्वरप  आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक उतरदायित्व अन्तर्गत, मनकामना कलेजबाट पास आउट भएका बिद्यार्थीहरुको समुहले बिभिन्न कयाम्पेन गरि एक लाख ६६ हजार १ सय ११ रकम पिडितका दाजुलाई हस्तान्तरण गरेका हुन् ।

बिर्तामोड वडा नम्बर २ निवासी सबिता उप्रेती २०६४ सालमा मनकामना कलेजबाट पास आउट हुनु भएको थियो । लामो समय बाट मृगौला पीडित हुनु भएकी उप्रेतीको मृगौला प्रत्यारोपण गर्न १५ देखि १६ लाख लाग्ने भएपछि उहाँले सोसियल मिडियाबाट अपिल गरेपछि सरिता बचाउ अभियानमा लागेको मनकामना पुर्व बिद्यार्थी समाजका अध्यक्ष प्रकाश फुयालले बताउनु भयो ।

मनकामना कलेजका प्रमुख प्रेम प्रसाद भटट्राइको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कलेज कोहडिनेटर कुमार थपलिया,सञ्चारकर्मी तथा प्राध्यापक बिष्णु लामिछाने, पिडितका दाजु हिमाल उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै कलेज कोहडिनेटर थपलियाले पानीको थापा जस्तै सानो सहयोगले पनी ठुलो सफल्ता हासिल गर्न सकिने भएकोले सबै भएर मृगौला पीडित सबितालाई बचाउनु पर्ने बताउनु भयो ।

मनकामना कलेजका प्रमुख प्रेम प्रसाद भटट्राइले समुहको आवश्यकता बारेमा प्रष्ट पार्दै यस किसिमकका कार्यक्रमको निरन्तरताका निम्ति कलेजको सधै सहयाेग रहने बताउनु भयो ।

उहाँका अनुसार पीडित सबितालाई सहयोग स्वरुप अमेरिकामा कार्यरत पुर्व  विद्यार्थीहरुले ३५ हजार रुपैया सहयोग गर्ने प्रतिवद्वता जनाएको बताउनु भयाे । रकम हस्तान्तरण कार्यक्रममा मनकामना कलेजका बिएसडब्लु र पत्रकारीता अध्यनरत बिद्यार्थीहरुले यस किसिमको अभियानले समाजको रुपान्तरणमा सहयोग पुग्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here