संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने गगन थापाको भनाई


२७ असार २०७९, सोमबार १२:५३ मा प्रकाशित

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राष्ट्रिय सभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता गर्ने बताउनु भएको छ ।

बिहान ललितपुरमा भएको एक कार्यक्रममा थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको र उहाँले पनि फिर्ता लिने बताउनु भएको जानकारी दिनुभयो ।

सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ दर्ता गराएपछि संविधान विपरीत भन्दै यसको चौतर्फी विरोध भइरहेको छ ।

विधेयकमा संवैधानिक परिषद्को गणपूरक सङ्ख्यादेखि निर्णय प्रक्रियासम्मका बारेमा विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने सरकारको प्रयास छ । महामन्त्री थापाले अघिल्लो सरकारले त्यस्तै काम गर्दा प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको नेताको रुपमा आफैँले त्यस्तो विधेयकको विरोध गरेको भन्दै अहिले आफू सत्तामा हुँदा त्यस्तो काम गर्न नमिल्ने पनि बताउनुभयो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखेर प्रधानमन्त्री देउवाले पनि विधेयक ल्याएपछि आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here