एजेन्सी । श्रीलंकाका प्रमुख विपक्षी दलहरू राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन्।
रिपोर्टहरूअनुसार राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न विपक्षी दलहरूबीच वार्ता भएको थियो।
राष्ट्रपति राजापाक्षेले शनिबार संसदका सभामुख महिन्दा यापा अबेवर्देनालाई बुधबार राजीनामा दिने जानकारी गराएका थिए।
प्रमुख प्रतिपक्षी दल समुगी जनता बलवेगया पार्टीले व्यापक आन्तरिक छलफल भएको जनाएको छ।





