झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत दार्जीलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन् ।
हिजो बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।





