बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक्ट क्लब अफ बिर्तामोडको सन् २०२२/२३ को जुलाई १ तारिकदेखि कार्यभार सम्हाल्ने नयाँ समितिहरूको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
आइतवार बिर्तामोडको सिटी सेन्टरमा आयोजित कार्यक्रममा रोटरी र रोट्रयाक्टका समितिहरुले औपचारिक रुपमा एक बर्षका लागि कार्यभारको जिम्मा लिएका हुन् ।

रोटरीको १३ औं पदस्थापन हो भने रोट्रयाक्टको १० औं पदस्थापन कार्यक्रम हो । कार्यक्रममा रोटरीका नयाँ अध्यक्ष ओमकृष्ण बिमली र रोट्रयाक्टका नयाँ अध्यक्ष बसन्त ढकालले सपथ लिँदै आगामी कार्यकालका लागि पदभार ग्रहण गर्नु भएको हो।
आफूले फरक ढंगले काम गर्ने रोटरीका अध्यक्ष बिमलीले प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले विपदमा सहयोगी भूमिकामा रोटरी अग्रस्थानमा उभिने बताउनु भयो।
कार्यक्रमको सञ्चालन डा. सन्ध्या राठी र प्रज्वल बिमलीले गर्नु भएको थियो।





