बिर्तामोड । झापाको बिर्तामोडमा किसानहरुले मुल्यवृद्धिविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् । अखिल नेपाल किसान महासंघ झापाले सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेका हुन् ।
मसालसहित बिर्तामोड परिक्रमा गरेका उनीहरुले मुक्तिचोकमा कोणसभा गरेका थिए । मूल्यवृद्धि र मलविउको प्रवन्ध नमिलाएको भन्दै सरकारको विरोध जनाएका छन् ।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं झापा इञ्चार्ज अग्नि खरेलले वर्तमान सरकार किसानामारा भएको बताउनु भयो ।
किसानमारा सरकारका कारण देशभरका किसान आन्दोलित भएका उहाँको भनाइ छ । उहाँले सरकारले बजेट, नीति तथा कार्यक्रम पनि किसानको पक्षमा नल्याएको बताउनु भयो । । कोणसभालाई सम्बोधन गर्दै नेता खरेलले परमादेशी सरकार दलाल, पुँजीपतिको पक्षपोषणमा लागेको भन्दै सरकारको विरोध गर्नुभयो ।
कोणसभामा अखिल नेपाल किसान महासंघ झापाका अध्यक्ष गोपाल चुडालले किसानको समस्या हल नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो ।
उहाँले सरकार किसानका लागि अन्धो, निकम्मा र पतनको बाटोमा हिडिरहेकोप्रति आक्रोश पोख्नु भएको थियो। वर्तमान गठबन्धन सरकार किसानको विपक्षमा उभिएको अध्यक्ष चुडालले आरोप लगाउनु भयो ।





