काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग भेटवार्ता गर्नुभएको छ ।
उहाँले आइतबार अपरान्ह सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासंग भेटवार्ता गर्नुभएको हो । भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ । विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौँ आइपुग्नुभएको हो ।





