नेताहरू समयमै सचेत नहुने हो भने श्रीलंकाको अवस्था नेपालमा पनि आउनसक्छः कमल थापा


२६ असार २०७९, आईतवार ०७:३८ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेताहरू समयमै सचेत नहुने हो भने श्रीलंकाको अवस्था नेपालमा पनि आउनसक्ने चेतावनी दिनु भएको छ ।

उहाँले भ्रष्टाचार, महँगी, आर्थिक संकट र सर्वसत्तावादको कारण श्रीलंकाका जनताको धैर्यताको बाँध भत्किएकोसमेत बताउनु भएको छ ।

‘भ्रष्टाचार, महँगी,आर्थिक संकट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किन्छ भन्ने पछिल्लो उदाहरण श्रीलंका हो,’ थापाले फेसबुकमा लेख्नु भएको छ, ‘नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, चरम भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएको छ। राजनीतिक दल र नेताहरू समयमै सचेत हुनु जरुरी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here