शनिश्चरे-बिर्तामोड सडकखण्ड कप्तानबारीमा फिदिमका कुमार खनाल मृत फेला


२६ असार २०७९, आईतवार ०८:३१ मा प्रकाशित

झापा । पाँचथरको फिदिमबाट झापामा बसाईं आएका कुमार खनाल मृत फेला परेका छन्।

आइतबार बिहान शनिश्चरे-बिर्तामोड सडकखण्ड अन्तर्गत कप्तानबारीमा उनको मोटरसाइकल सडकबाट तल झरेको अवस्थामा भेटिएको छ भने उनको शव सडकमा भेटिएको छ।

उनको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here