श्रीलंकामा संकट गहिरियो, प्रधानमन्त्रीद्वारा राजीनामा


२६ असार २०७९, आईतवार ०६:५५ मा प्रकाशित

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार पदबाट राजीनामा दिनु भएको छ ।

पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको हो।

श्रीलंकामा आर्थिकसँगै राजनीतिक संकट उत्पन्न भएको छ । आर्थिक संकटका कारण रुष्ट जनताको विरोधका कारण यसअघि तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्ष पनि राजीनामा दिन बाध्य हुनुभएको थियो ।

राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै देशमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पसेपछि राष्ट्रपति गोताबाया राजापाक्षे अन्यत्र सुरक्षित स्थानमा गएको बताइएको छ ।

तर उहाँ कहाँ हुनुहुन्छ भन्ने थाह नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here