सहारा साकोसको नयाँ कार्यसमितिले शनिवारदेखि लियो कार्यभार


२५ असार २०७९, शनिबार २०:५४ मा प्रकाशित

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको नवनिर्वाचित सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिले शनिवार कार्यभार ग्रहण गरेको छ ।

बिर्तामोडमा आयोजित समारोहमा पुरानो समितिले नवनिर्वाचित समितिलाई बैठकको माइन्युट जिम्मा लगाउँदै कार्यभार सुम्पेको हो।

सहारा साकोसको नयाँ अध्यक्षमा हरि राजवंशी चुनिनु भएको छ। उहाँ संविधानसभाको सदस्य पनि हुनुहुन्छ।

समितिको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद निरौला, महिला उपाध्यक्षमा पवित्रा लिम्बु, प्रथम उपाध्यक्षमा छविलाल खतिवडा, द्वितीय उपाध्यक्षमा ज्ञानुनाथ मैनाली, कोषाध्यक्षमा डम्बरबहादुर देउजा र सह–कोषाध्यक्षमा नेत्रबहादुर नेपाल चयन हुनुभएको छ ।

सदस्यमा शंकरप्रसाद रिजाल, पार्वता गिरी, बिन्दु श्रेष्ठ, भीमबहादुर खवास, भोला धिताल, लक्ष्मीप्रसाद आचार्य, नर्वदा संग्रौला र गुहेश्वरी कार्की हुनुहुन्छ।

सहाराको लेखा सुपरीवेक्षण समितिको संयोजकमा उपेन्द्रप्रसाद ओली, सदस्यमा पर्शुराम कठेत र शंकर सुवेदी चुनिनु भएको छ।

प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य तथा संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संस्थाको वित्तीय प्रगतिका विषयमा प्रकाश पार्दै चलिरहेका कार्यक्रमबारे अवगत गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here