कर्जा निक्षेप अनुपात ९५ प्रतिशत कायम गर्न राष्ट्र बैंकलाई सुझाव


२३ असार २०७९, बिहीबार १६:४९ मा प्रकाशित

काठमाडौँ । बैंक तथा वित्तीय सस्था परिसंघ (सिविफिन)ले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५ प्रतिशत कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा आगामी आर्थिक बर्षको मौद्रीक नीतिका बारेमा राष्ट्र बैंकलाई दिएको सुझावका बारेमा पत्रकार सम्मेलन गर्दैै परिसंघले मौजुदा सीडी रेसियोलाई ९५ प्रतिशत कायम गरि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नका लागि प्रोत्साहनसहित आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने जनाएको हो । त्यस्तै बैंक तथा बित्तिय संस्थाहरुले आर्जन गरेको मुनाफा वितरणको निक्र्यौल गर्ने अधिकार पूर्ण व्यवस्था अनुरुपले सम्बन्धीत संस्थाहरुलाई नै दिनुपर्ने परिसंघको सुझाव छ ।

स्थानीय निकायको रकमलाई सतप्रतिशत निक्षेप गणना गर्न दिने व्यवस्थाले उत्पादनशिल क्षेत्रमा कर्जा प्रवाह गर्न मद्दत पुग्ने परिसंघले जनाएको छ । अनावश्यक र विलासीताका वस्तुहरुको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवर्द्धन गर्न उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने व्यवस्था हुनुपर्ने परिसंघका अध्यक्ष पवन गोल्यानले बताउनुभयो ।

उहाँले अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको व्याजदरमा ४ प्रतिशत कम गरी उपलब्ध गराउने व्यवस्था राष्ट्र बैंकले गर्नु पर्ने बताउनुभयो । उहाँले उत्पादनमुलक क्षेत्रलाई ऋण प्रवाहमा सहुलियत नदिँदा आयात बढ्न सक्ने भएकाले यसप्रति राष्ट्र बैंकको ध्यान जानुपर्ने बताउनुभयो । बैंक तथा बित्तिय संस्थाहरु पैसा कमाउन मात्रै नभई मुलुकको आर्थिक बिकासका लागि पनि योगदान हुनुपर्ने उहाको भनाई छ ।

परिसंघले विप्रेषण आप्रवाहमा विशेष व्यवस्थापन गर्ने विप्रेषणको निश्चित हिस्सालाई वचत गर्न आकर्षित योजना ल्याउन पनि सुझाव दिएको छ । अति आवश्यक कृषिजन्य कच्चा पदार्थ वाहेक अन्य कृषिजन्य वस्तु तथा सामाग्रीको आयातमा रोक, फजुल खर्च र अनावश्यक वस्तु तथा सेवाको प्रयोगलाई निरुत्साहित गर्दै वचत गर्न प्रोत्साहन गर्नु पर्ने लगाएतका सुझाव पनि परिसंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here