काठमाडौँ । साझा यातायातले बिहीबारदेखि नयाँ बिद्युतिय बस सञ्चालनमा ल्याएको छ ।
चीनबाट पहिलो चरणमा ल्याइएका तीन वटा बिद्युतिय बस बिहीबारबाट सञ्चालमा आएका हुन् । साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले उक्त बिद्युतिय बसको हरियो झण्डा देखाएर शुभारम्भ गर्नुभएको हो । बिद्युतिय बस रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुट र लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा सञ्चालन भएको साझा यातायातले जानकारी दिएको छ ।
साझाका तीन वटै बसमा चालक र परिचालक महिला छन् । अन्य ३७ वटा बस श्रावण महिनाभित्रै भित्राउने र दशै अघि सेवा सुरु हुने बताइएको छ । साझा यातायाले बिद्युतिय बसको चार्जिङ स्टेसनका लागि सरकारले जग्गा उपलव्ध गराउने विश्वास व्यक्त गरेको छ ।





