डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् ।
स्थानीयका अनुसार पूर्वीचौकी गाउँपालिका १ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको छ ।
घाइतेलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको छ । घरबाट खर्क छानातिर जाँदै गरेको बेला खड्कालाई भालुले बाटोमा आक्रमण गरेको हो ।





