काठमाडौँ । रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।
नौ जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । ज्यान गुमाउनेमध्ये अहिलेसम्म नौ जना घटनास्थलमा र चार जनाको धरलीखेल अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ ।
घाइतेहरुकोे धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आज बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना भएको थियो ।
ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । आज दुर्घटना भएको गाडी हिजो पनि ब्रेक फेल भएर विभिन्न समस्या देखिएको थियो । राम्ररी मर्मत नगरि चलाएकाले आज दुर्घटना भएको सुनापती गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङले बताउनुभयो ।





