माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, प्रचण्डले स्पष्टीकरण दिने


२१ असार २०७९, मंगलवार ०७:०१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज मंगलबार पनि बस्ने भएको छ।  मंगलबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनमा स्पष्टीकरण दिनु हुनेछ।

प्रचण्डले आइतबार प्रस्तु गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले विभिन्न प्रश्न उठाएका छन्। उहाँले त्यसैमाथि स्पष्टीकरण दिनु हुनेछ।

माओवादीभित्र पदाधिकारी र स्थायी कमिटी गठनको माग उठेको छ।  अघिल्लो वर्ष पुसमा महाधिवेशन सकेको माओवादीले हालसम्म पदाधिकारी चयन गरेको छैन।

जारी केन्द्रीय समिति बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिइएपनि स्थायी समिति र पोलिटब्यूरो गठन हुन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here