बाढीले डाइभर्सन बगाउँदा नवलपरासी खण्ड बन्द


१५ असार २०७९, बुधबार १२:०६ मा प्रकाशित

नवलपरासी । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्ड बन्द भएको छ ।

नवलपरासी पूर्व नवलपुरको अरुणखोला दुम्किबास खण्डमा रहेका तीन वटा डाइभर्सन बाढीले बगाएको छ ।

अहिले यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नारायणगढ बुटवल सडक विस्तारका क्रममा पुल निर्माण स्थलमा बनाइएका डाइभर्सन बाढीले बगाएको हो ।

पानी निरन्तर परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन कठिनाई भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here