बाटो खराबका कारण काठमाडौंको फोहोर ढुवानी दुई दिन रोकिने


१४ असार २०७९, मंगलवार १७:४४ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर ढुवानी दुई दिन रोकिने भएको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्नुपर्ने भएकोले मंगलबार र बुधबार काठमाडौंको फोहोर ढुवानी रोकिने महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा भने खासै समस्या नभएको महानगरको भनाइ छ ।

‘आज र भोलि बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट जाने बाटो मर्मत गर्न लागेकोले फोहोर ढुवानी रोकिने भएको छ । केही ठाउँमा फोहोर संकलन पनि रोकिन सक्छ,’ मेयरको सचिवालयले भन्यो ।

काठमाडों महानगरका अनुसार प्रत्येक दिन ३ सय ट्रक फोहोर बञ्चरेडाँडामा खसाल्न सुरु भएता पनि वर्षाले गर्दा बाटो बिग्रँदा १ सय ट्रक फोहोर भन्दा धेरै ल्यान्डफिल्ड साइट लैजान नसक्ने स्थिति रहेको छ ।

बिहीबारदेखि महानगरको फोहोर नियमित रुपमा फेरि बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here