मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजान : प्रचण्ड


१० असार २०७९, शुक्रबार १८:५२ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको नेतृत्व गर्ने अवसर पाए एउटा नयाँ युगतिर देशलाई लैजाने बताउनुभएको छ ।

शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले परिवर्तनको वास्तविक महशुस जनताले गर्न नसकेको भन्दै फेरी अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाए नयाँ युगतिर देशलाई लैजाने सपना साकार पार्ने बताउनुभएको हो ।

उहाँले आफ्नै नेतृत्वका परिवर्तनका लागि हजारौंको बलिदानी भएकाले उनीहरुको सपनालाई त्यसै खेर जान नदिने जिकिर गर्नुभयो । पहिलो चोटि प्रधानमन्त्री हुँदा धेरै कुरामा बिचार गर्दै ९ महिना बितेको उहाँले बताउनुभयो । दोस्रो पटक प्रधानमन्त्री धेरै चिज सुधार गर्ने प्रयास गरेको समेत उहाँले बताउनुभयो । प्रचण्डले मुलुकलाई बिकास र समृद्धितर्फ अघि बढाउनका लागि बामपन्थीहरुको एकता गरेपनि सफल हुन नसकेको धारणा राख्नुभयो ।

कार्यक्रममा संघका तर्फबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here