नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि


१० असार २०७९, शुक्रबार १८:१३ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परिक्षणका क्रममा ३२ जना र १ हजार ७ सय ३ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ५६ जना निको भएका छन् । हाल नेपालमा १ सय ८१ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here