महिला भारत हुँदै कुवेत पठाउन लागेको आरोपमा तीन जना पक्राउ


१३ जेष्ठ २०७६, सोमबार २२:३३ मा प्रकाशित

झापा । नेपाली महिलालाई भारत हुँदै कुवेत पठाउन लागेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर ४ ज्ञानेचोक बस्ने ३१ वर्षीय मङ्गल सिंह लिम्बु,सोही वडाका फागु चोक बस्ने ३० मिना थापामगर र मेचीनगर १५ प्रगति टोल बस्ने ४५ वर्षीय मुलुक चन्द राजवंशी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेश थापाले जानकारी दिनु भयो ।

प्रहरीका अनुसार मोरङका दुई र झापाका एक गरी तीन जना महिलालाई साना हातहरू नेपाल नामक संस्थाका कर्मचारीले उद्धार गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाएका थिए ।२२ देखि ३५ वर्ष उमेर समूहका तीनै जना महिला विवाहित हुन् । उद्धार गरिएको महिलाहरूको तीन वटा पासपोर्ट पक्राउ परेका लिम्बुको साथबाट बरामद गरिएको डिएसपी थापाले जानकारी दिनु भयो ।

उद्धार गरिएका तीनै जना महिलालाई उनीहरूको परिवारजनलाई जिम्मा लगाइसकेको जनाइएको छ, भने पक्राउ परेका तीन जनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा अदालतमा दर्ता गराइ थप अनुसन्धान गरिरहेको डिएसपी थापाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here