मेशिनले हात काटिंदा एक मजदुरको मृत्यू


१० असार २०७९, शुक्रबार १६:२५ मा प्रकाशित

विराटनगर । मेशिनले हात काटिंदा विराटनगरमा एकजना मजदुरको मृत्यू भएको छ ।

मृत्यू हुने मजदुर विराटनगर १४ का ४२ बर्षिय राजो कामत हुन । कामत विराटनगर महानगरपालिकाको वडानम्बर १७ मा रहेको रघुपति जुट मिलमा
मेशिन अप्रेटरकोरुपमा कार्यरत थिए ।

गएराति काम गरिरहेको अवस्थामा मेशिनमा अल्झिएर उनको बायाँ हात कुमबाटै काटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता नविनराज राईले जानकारी दिनुभयो ।

सो घटनामा गम्भीर घाईते भएका कामतलाई तत्काल उपचारकालागि विराट नर्सिङ होम लगिएकोमा सो ठाउँमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाईएको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here