झापा । झापाको कमल गाउँपालिका ६मा सिटी रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो दिउँसो ११ बजे मे १ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका ८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी बिराटनगर स्थित नोवेल अस्पताल ल्याईएकोमा अस्पतालमा उपचार हुन नसकि घर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० झापाका लिला बहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।





