मेसिनले हात काट्दा १ जनाको मृत्यु


१० असार २०७९, शुक्रबार १२:०० मा प्रकाशित

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १७ स्थित रहेको रघुपति जुटमिलको मेसीनले हात काट्दा १ जना अप्रेटरको मृत्यु भएको छ ।

हिजो राती १० बजे जुटमिलमा अप्रेटरको कामगर्ने मोरङ बिराटनगर १४ का ४२ बर्षीय राजो कामतको मेसिनमा काम गरीरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमबाटै काटि घाईते भएका थिए । घाईते कामतलाई तत्काल उपचारको लागी बिराटनर्सिङ होम बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँचको क्रममा मृत घोषणा गरेको हो ।

घटना सम्वन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here