एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीम क्रिकेटको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र युएई भिड्दै


१० असार २०७९, शुक्रबार ०८:०० मा प्रकाशित

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप क्रिकेटको सेमिफाइनल खेलहरु आज शुक्रबारबाट हुँदैछन् ।

मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले युएईसँग खेल्दैछ । मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान सवा ८ बजे सुरु हुनेछ ।

नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाइल्यान्ड रहेका छन् ।

नेपाल समूह ‘बी’ को उपविजेता तथा युएई समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

समुह चरणको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित हुँदा युएई अपराजित टोली हो । पछिल्लो समय युएई महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here