देशभरका स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै


१० असार २०७९, शुक्रबार ०७:४९ मा प्रकाशित

झापा । देशका सबै स्थानीय तहहरुले आज शुक्रबार बजेट ल्याउँदैछन् ।

स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट शुक्रबार आ–आफ्नो सभामा प्रस्तुत गर्नेछन् । कतिपय स्थानीय तहले भने बुधबार बिहीबार नै बजेट ल्याईसकेका छन् ।

नेपालको संविधानले जेठ १५ गते संघिय सरकारको बजेट, असार १ गते प्रदेश सरकारको बजेट र असार १० गते स्थानीय सरकारले बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार शुक्रबार देशका प्राय सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।

स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने पहिलो वर्ष हो । त्यसैले चुनावमा गरेको वाचा पूरा गर्ने पहिलो बजेट ल्याउन उनीहरु उत्साहित छन् ।

झापाका १५ वटै पालिकाले आज बजेट प्रस्तुत गर्दैछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here