एमालेको भ्रातृ संगठन युवा संघद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा प्रदर्शन


९ असार २०७९, बिहीबार १९:०१ मा प्रकाशित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले मसाल जुलुस निकालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सरकारी गाडी तोडफोड भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारबीच झडप भएको छ । झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगाएतका नारा लगाएका थिए ।

सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघ आन्दोलनमा उत्रिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here