पहिरोमा परी २ जनाको मृत्यु


३ असार २०७९, शुक्रबार १२:३३ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ ट्याम्फु स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

हिजो राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरीई पुर्णरुपमा क्षति हुँदा घरले किची अधिकारीको श्रीमति ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ बर्षीया यसोधा अधिकारीको घटनास्थलमै मृत्यु भएको र ३५ बर्षीय छोरा बिष्णु अधिकारी घाईते भएका हुन ।

घट्ना स्थलमा तत्काल प्रहरी चौकी खेवाङबाट प्रहरी टोली खटि उद्धार गरी घाईतेलाई उपचारको लागि नेपाली सेनाको हेलीकप्टरद्वारा कोशी अस्पताल बिराटनगर पठाईएको छ भने दुवै शवलाई जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएको छ ।

थप उद्दार कार्यको लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षक सहितको टोली खटि गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here