सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो


३ असार २०७९, शुक्रबार १२:२५ मा प्रकाशित

काठमाण्डौ । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार आठ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ९७ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा दश रुपैयाँले बढेर चाँदी एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here