लागुऔषध सहित ४ जना पक्राउ


३ असार २०७९, शुक्रबार ११:५१ मा प्रकाशित

बिराटनगर । उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका साढे ७ बजे चौदण्डीगढी नगरपालिका–६ रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०५–००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चौदण्डीगढी–६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो ।

यसै गरी मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको द्यच् घड ख् घद्दछज्ञ नम्बरको मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here