सीमावर्ती पानीट्यांकी बजारमा ट्रेनको ठक्करबाट झापाका एक युवकको मृत्यु


३ असार २०७९, शुक्रबार ०७:२२ मा प्रकाशित

झापा । भारतको सीमावर्ती बजार पानीट्यांकीमा ट्रेनको ठक्करबाट झापाका एक युवकको मृत्यु भएको छ।

ट्रेनको ठक्करबाट परी मेचीनगर नगरपालिका- ६ काँकरभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो।

बिहीबार बेलुका ८ बजे भारतबाट नेपाल घर फर्किने क्रममा रेलवे क्रस गर्ने क्रममा उनलाई ट्रेनले ठक्कर दिएको भारतीय प्रहरीले जनाएको छ।

विहारबाट सिलगुढीतर्फ गइरहेको ट्रेनको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको विषयमा खोरीबारी थाना र रेल्वे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here