सांसदद्धारा ठूला जलाशाययुक्त आयोजना सरकार आफैँले बनाउनुपर्नेमा जोड


२७ जेष्ठ २०७९, शुक्रबार १६:५५ मा प्रकाशित

काठमाडौँ । सांसदहरुले ठूला जलाशाययुक्त आयोजना सरकारले आफैँले बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनीहरुले ठूलाठूला जलाशय आयोजना सरकारले आफैँ बनाएर मुलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका हुन् । छलफलमा भाग लिदै सांसद गोर्कण विष्टले बिजुलीको आवश्कता पूरा गर्न जलाशययुक्त आयोजना सरकार आफैँले बनाउनुपर्ने बताउनुभयो ।

उहाँले पश्चिम सेती र बूढीगण्डकीजस्ता ठूला आयोजना बेवारिसे बनेको भन्दै सरकारले आफैँ बनाउनका लागि अग्रसर हुनुपर्ने बताउनुभयो । उहाले बूढीगण्डकी आयोजना निर्माणमा जान नसकेको भन्दै बूढीगण्डकी आयोजना कति समयमा कुन मोडलमा बन्न हो, स्पष्ट हुनुपन धारणा राख्नुभयो ।

यस्तै सांसद दुर्गा पौडेलल ऊर्जा मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनामा विदेशी कम्पनीलाई बनाउने दिने काम भइरहेकाले त्यसलाई रोक्दै सरकारले नै ठूला आयोजना आफैँले बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनामा सिक्टा सिँचाइ, रानी जमरा सिँचाइ आयोजना, भेरी–बबई डाइभर्सन जस्ता राष्ट्रिय गौरवका आयोजना प्रगति हुन नसकेको उहाँको भनाइ थियो ।

बैठकमा सांसद शेरबहादुर तामाङले नेपालको समृद्धिको आधार नै ऊर्जा भएको बताउनुभयो । उहाँले कूल जनसङ्ख्यालाई दुई हजार ८०० मेगावाट विद्युत् भए पुग्ने र बाँकी विद्युत् उत्पादन गरेर बेच्न सकिने धारणा राख्नुभयो ।

सांसद देवेन्द्रराज कँडेलले नेपालीको गौरव र मुलुकलाई बलियो बनाउने ऊर्जा भएको र आपसी सहमतिमा भएको पानीको स्रोतको संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here