थप १७ जनामा कोरोना संक्रमण पुष्टि


२७ जेष्ठ २०७९, शुक्रबार १६:३५ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९ सय १५ पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १० संक्रमित निको हुँदा हालसम्म नेपालमा १ लाख ६७ हजार १ सय ८१ जना निको भएका छन् । हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here