दुई विधेयकमाथि सम्बन्धित समितिमा दफाबार छलफल हुने


२७ जेष्ठ २०७९, शुक्रबार १२:३४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको छ ।

शुक्रबार बसेको बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ लाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि समितिमा पठाइएको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले उक्त बिधेयक दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । दुई विधेयकमाथि अब सम्बन्धित समितिमा दफाबार छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here