बिर्तामोडमा बैदेशिक रोजगारीका विषयमा अभिमुखिकरण


२७ जेष्ठ २०७९, शुक्रबार १२:४३ मा प्रकाशित

बिर्तामोड ।  बैदेशिक रोजगारसंग सम्वन्धित क्रियाकलापमा रोजगार सेवा केन्द्र एवं सरोकारवालाको भूमिकाको विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । नगरको रोजगार सेवा केन्द्र शाखाको आयोजनामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

बैदेशिक रोजगारका विषयमा देखिएका समस्या,समाधानका उपाय र ख्याल गर्नु पर्ने कुराहरुको बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बिर्तामोड नगरपालिकाको रोजगार सेवा केन्द्रका संयोजक होमनाथ भट्टराईले जानकारी दिनु भयो । कार्यक्रमका सहजकर्ता सामी परियोजना झापाका प्रमुख फणिन्द्र दाहालले बैदेशिक रोजगारको शिलशिलामा झापाबाट अन्य जिल्लाको तुलनामा महिलाहरु सबै भन्दा बढी जाने गरेको बताउनु भयो ।नेपालबाट श्रमस्विकृति बेगर भारतको बाटोहुँदै बैदेशिकरोजगारमा जानेहरु जोखिममा पर्ने गरेको भन्दै उहाँले यसलाई रोक्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले देशका उर्जावान युवा बैदेशिक रोजगारीमै समय विताउने भएकोले देश समृद्व हुन नसक्ने बताउनु भयो । उहाँले यहि रोजगारी सृजना गर्नका लागि सबैले सृजनात्मक ढंगले अघि बढ्नु पर्नेमा जोड दिनु भयो । बैदेशिक रोजगारीमा जानै पर्ने भए त्यहाँको भाषा,सिप,रहनसहन,आधिकारीक निकाय लगायका विषयमा बुझ्न जरुरी रहेको बताउनु भयो ।

आर्थिक वर्ष २०७७/७८मा झापाबाट श्रम स्विकृति लिएर विदेश जानेको संख्या २ हजार ८ सय ४६ जना रहेको तथ्याङ्कमा उल्लेख गरीएको छ । अभिमुखिकरण कार्यक्रममा वडाध्यक्ष,वडाका महिला सदस्य, वडा सचिव,टोलविकास संस्थाका सदस्य गरि ८० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here