सामान्य प्रशासनमन्त्रीमाथि मन्त्री कक्षमै हातपात


२६ जेष्ठ २०७९, बिहीबार १८:३४ मा प्रकाशित

काठमाडौं । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ ।

जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् । आज मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि हातपात गर्नु भएको हो । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उहाँका पिएसओले बचाउ गरेका थिए ।

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए । श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री बन्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here