विर्तामोड–४, झापामा मुख्य कार्यालय रहको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यको ऋण मिनाह गरेको छ ।
सिम्रिक साकोसले सेवाकेन्द्र पाडाजुँगी अन्तर्गतका कमल गाउँपालिका–३, झापा स्थायी बसोबार गर्दै आएका शेयरसदस्य दिपक भुजेलको नाममा रहेको कर्जा रकम १ लाख ४० हजार ९५ रुपैया शेयरसदस्यको मृत्यु पश्चात् एक कार्यक्रमका बीच मिनाह गरेको पत्र संस्थाका संचालक सदस्य नविन योगीको उपस्थितिमा घर परिवारका सदस्यलाई बुझाएको छ ।
मिति २०७८ माघ २७ गते स्व. भुजेलले ब्यवसायिक प्रयोजनका लागि १ लाख ५५ हजार रुपैया लिनुभएको सेवाकेन्द्र पाडाजुँगीकी प्रमुख देवि माया योगीले बताउनु भएको छ ।
संस्थाको नियमानुसार शेयरसदस्यले लिएको कर्जा सदस्यको मृत्यु पश्चात् घर परिवारलाई आर्थिक अभाव र कर्जा तिर्न समस्या उत्पन्न हुने भएको हुँदा कर्जा मिनाह गरिएको कुरा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले बताउनु भयो ।
साथै उक्त कर्जा मिनाह कार्यक्रममा सेवाकेन्द्र पशुहाट दमकका प्रमुख यज्ञ प्रसाद भट्टराई तथा सेवाकेन्द्र क्याम्पसमोड दमककी प्रमुख लिला खरेल न्यौपाने र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।





