छ महिनामा नौ खर्ब ३९ अर्बको आयात, निर्यातमा ४३.७६ प्रतिशतको वृद्धि


८ माघ २०८२, बुधबार १४:५२ मा प्रकाशित

काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को ६ महिनामा नेपालको वस्तु आयात १४.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा नौ खर्ब ३९ दुई करोड २८ लाख रूपियाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच  लाख रूपियाँको वस्तु आयात भएको थियो । 

समीक्षा अवधिमा निर्यात भने ४३.७६ प्रतिशतले बढेको छ । गत आवको पहिलो ६ महिनामा ९८ अर्ब ७८ करोड ९२ लाख रूपियाँको वस्तु निर्यात भएको थियो । चालु आवको पहिलो ६ महिनामा एक खर्ब ४२ अर्ब एक करोड ८० लाख रूपियाँको वस्तु निर्यात भएको तथ्यांकमा उल्लेख छ । निर्यात बढ्दै गएपछि पछिल्लो समय निर्यातको वृद्धि दर पनि घटेको छ ।

समीक्षा अवधिमा व्यापार घाटा १०.१५ प्रतिशत रूपियाँले बढेको छ । गत आवको पहिलो ६ महिनामा सात खर्ब २३ अर्ब ५८ करोड १२ लाख रूपियाँ बराबरको व्यापार घाटा थियो । चालु आवको ६ महिनामा सात खर्ब ९७ अर्ब ४८ लाख ६७ हजार रूपियाँ बराबरको व्यापार घाटा छ । आयात बढेपछि व्यापार घाटा बढेको देखिन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here