ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार महिला घाइते


२६ जेष्ठ २०७९, बिहीबार १२:०८ मा प्रकाशित

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जना महिला घाइते भएकी छन ।

आज बिहान ८ः१० बजे भएको दुर्घटनामा गोर्खा घर भई चेकपोष्ट गुम्बा पाल्टेन प्लटिङ बस्ने ३३ वर्र्षीया महिला घाइते भएको प्रहरीले जनाएको छ ।

कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ३–००१ ख १५८५ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश १–००८ प ९७५२ नम्बरको पठाओ मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनालगत्तै प्रहरी वृत्त कालिमाटी, थानकोट र बलम्बुको टोली परिचालित भई घाइते महिलालाई कलंकीस्थित नेपाल नेशनल अस्पतालमा पुर्याएका थिए । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई मेडिसिटी अस्पतालमा रिफर गरिएको छ ।

मोटरसाइकल चालक र ट्रक चालक दुवैलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here