शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण


१० जेष्ठ २०७९, मंगलवार १९:३० मा प्रकाशित

शिवसताक्षी । निर्वाचन कार्यालयले एक कार्यक्रम गरी नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरेको हो ।कार्यक्रममा निर्वाचन अधिकृत मधु पोख्रेलले शिवसताक्षीका ५७ जना जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । प्रमाण पत्र वितरणका क्रममा बोल्दै अधिकृत पोख्रेलले निर्वाचन सफल बनाउने सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, शिवसताक्षी नगरपालिका सुरक्षा निकायलगायत धन्यवाद दिदै । सम्पुर्ण जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित शिवसताक्षी नगरप्रमुख मेघहाङ्ग थोप्रा रोषनले जनप्रतिनिधीले नगरबासीको जन भावना अनुरुप काम गर्नु पर्ने बताउनु भयो ।वडाध्यक्षहरुको तर्फबाट नवनिर्वाचित शिवसताक्षी नगरपालिका वडा नं २ का वडाध्यक्ष भिम नेम्वाङ्ग, शिवसताक्षी ८ अध्यक्ष सन्त फेवदिनले बोल्दै जनता लाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।कार्यक्रममा शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्गया, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक शिवसताक्षी नगरपालिका सहकारी प्रमुख तथा निर्वाचन निर्वाचत कार्यलयका कर्मचारी बद्री दाहालले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here