पुनः सुरु भयो पोखराको मतगणना


१० जेष्ठ २०७९, मंगलवार १९:५४ मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । वडा नम्बर १८ को पुनः मत गणनाको माग गर्दै नेकपा एमालेले प्रतिनिधि फिर्ता बोलाएपछि मत गणना रोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एमालेको निवेदन कारबाहीको क्रममा रहेको र यो विषय गम्भीर भएकाले थप कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । लगतै गणना सुरु भएको छ ।

२२, ३२ र ३३ नम्बरको वडाको गणना बाँकी छ । ३० वटा वडाको गणना सकिसकेको छ ।

मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यले ५७ हजार ७२ मत ल्याएका छन् भने नेकपा एमालेका कृष्णबहादुर थापाले ५१ हजार ५८७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here