मेचीनगरको मेयरमा एमालेका बुढाथोकी र उपमेयरमा एमालेकै उप्रेती निर्वाचित


१० जेष्ठ २०७९, मंगलवार ०७:२१ मा प्रकाशित

झापा । झापाको मेचीनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

नगर प्रमुखमा एमालेका गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी नगर प्रमुखमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका इन्द्रबहादुर बुडाथोकीलाई ५ हजार १६७ मतान्तरले पराजित गर्दै गोपाल बुढाथोकी नगरप्रमुखमा विजयी हुनुभएको हो ।

उप–प्रमुखमा मीनाकुमारी उप्रेती २१५९० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीलाई ८ हजार ७७२ मतान्तरले पराजित गर्दै मीना उप्रेती उपप्रमुखमा निर्वाचित हुनुभएको हो।

भण्डारीले १२५१८ मत प्राप्त प्राप्त गर्नुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here