मतगणना भइनसक्दै भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको जित निश्चित


९ जेष्ठ २०७९, सोमबार २१:०३ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी हुनुभएको छ ।

महानगरपालिकामा खसेको कुल मतमध्ये ११ हजार १७३ मत गन्न बाँकी हुँदै दाहालको भारी मतका साथ मेयर पदमा विजय सुनिश्चित भएको हो ।

पछिल्लो मत परिणामअनुसार दाहालले १ लाख १६ हजार ६६६ मतगणना हुँदा ४७ हजार ४० मत पाउनु भएको छ भने एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाउनु भएको छ।

यी दुई उम्मेदवारबीचको मतान्तर ११ हजार ५४७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here