८ बर्ष अघि किशोरी बलात्कार गरेको अभियोगमा पाण्डे पक्राउ


७ जेष्ठ २०७९, शनिबार १८:३९ मा प्रकाशित

काठमाडौँ । आठ वर्षअघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।

शनिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई पक्राउ गरेको बताइएको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागीलाई आयोजकले होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर ‘ब्ल्याकमेल’ गर्दै ६ महिनासम्म निरन्तर यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि यस्ता जघन्य अपराधमा प्रहरी, सरकारी वकिल र अदालत र संसद्लाई संवेदनशील बनाउन सडकमा आवाज उठ्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here