सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ)ले प्रमुख राजनीतिक दलका उम्मेदवारसँगको अग्रता कायमै राख्नु भएको छ ।
साम्पाङले १६ हजार मत कटाउनु भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँझ ६ बजेसम्म ५० हजार १०९ मत गणना भएको छ । उक्त मत गणना हुँदा साम्पाङले १६ हजार २६ मत प्राप्त गर्नु भएको छ ।
उहाँ गठबन्धनका मेयर उम्मेद्वार किशोर राईभन्दा २८४४ मतले अगाडि हुनुहुन्छ । गठबन्धनका राईले १३ हजार १८२ मत प्राप्त गर्नु भएको छ । एमाले उम्मेद्वार मञ्जु भण्डारी १० हजार ६२२ मत प्राप्त गर्नु भएको छ ।
यस्तै, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले पनि १६ हजार २६ मत प्राप्त गरेर अग्रता कायम राख्नु भएको छ । एमाले उम्मेद्वार पदम इस्वोले १४ हजार ४३१ मत प्राप्त गर्नु भएको छ । अहिले वडा १५, १६ र १७ को मतगणना भइरहेको छ ।





