विराटनगर। सामुदायिक प्रहरी सेवा केन्द्रले तिनपैनीचोकमा कार्यक्रम आयोजना गर्दै स्थानीय निर्वाचन २०७९ बाट वडासमितिमा नवनिर्वाचित वडाध्यक्ष कुमार पोखरेल सहित सदस्यहरुलाई सम्मान गरेको छ ।
विराटनगर २ मा नेकपा एमालेका कुमार पोखरेल दोश्रो कार्यकालागि वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा थप दुईजना नेकपा एमालेबाटै शेरसिंह दुगड र महिला सदस्य आशा राउत निर्वाचित हुनुभएको छ ।
यसैगरि नेपाली काँग्रेसबाट सदस्यमा दीपक प्रधान र दलित महिला सदस्यमा मेनुका परियार निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिलाई सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मिना जोशी,समाजसेवी नन्दकिशोर राठी,आयोजक संस्थाका सदस्यद्वय सन्तोष बाहेती र हिरा थापा सहित वडाबासीहरुले खादा,अबिर र फुलमाला सहित सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै पुर्व एसपी विद्यानन्द माझीले नवनिर्वाचित वडाका पदाधिकारीलाई सफल कार्यकालको कामना गर्नुभयो । यस्तै नवनिर्वाचित वडाध्यक्ष पोखरेलले २ नम्बर वडालाई नमुना वडाकोरुपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।





