इलामको सूर्योदय नगरपालिकामा एकीकृत समाजवादीका राई मेयर पदका लागि दोस्रो पटक निर्वाचित


७ जेष्ठ २०७९, शनिबार ०७:२९ मा प्रकाशित

झापा । इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी हुनु भएको छ।

उहाँका प्रतिष्पर्धी नेकपा एमालेका काजीमान कागतेलाई हराउँदै राई मेयरमा निर्वाचित हुनुभएको हो।

राईले १२४३१ मत ल्याउनु भयो भने कागतेले १०५७९ मत प्राप्त गर्नु भयो।

कागते प्रदेश सभा सदस्यबाट राजीनामा दिएर मेयरका लागि चुनावमा होमिनु भएको थियो।

राई यस अघि पनि सूर्योदय नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। यो उहाँको दोस्रो कार्यकाल हो।

मत उपमेयर कांग्रेसका दुर्गाकुमार बरालले ११८५४ मत ल्याएर विजयी हुनुभएको छ भने एमालेकी दुर्गादेवी भट्टराईले ९१२२ मत ल्याउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here